भाउजूको रोमान्टिक यौन कथा 18+ Nepali Sex Story

नैना भाउजू ल्वाङ् सुकुमेल चपाउँदै चौतारीमा निस्किएपछि सबै हाकिमहरूमा उत्साहको सञ्चार हुन्थ्यो । एकछिन गफको सिङौरी खेलेपछि अलिक शान्त मन लिएर सबै आ-आफ्ना निवासतिर लाग्दथे ।

बाँझी, टटली अलिक कुरौटे खालकी नैना भाउजू सबैलाई हिकेर गफ गर्दथिन् । हिजो अस्ति जस्तै आज पनि सबै हाकिमहरू सिरानबजारको चौतारीमा बसेर गफ चुट्तै थिए । भित्री मनैदेखि सबै नैना भाउजूको प्रतीक्षामा अल्भिmएका थिए र भाउजू त्यस चौतारीमा निस्किएपछि एकछिन उनीसँग जिस्किँदै, इत्रिँदै मुखका कीरा मारेर र्फकने सुरमा थिए ।

प्रत्येक दिनजसो साढे नौ बजेतिर अफिस जान भनेर नैना भाउजू त्यो चौतारोमा निस्किदा सिरान बजारमा पर्ने चौतारोमा जम्मा भएका हाकिम-अधिकृतहरू उनलाई बीचमा पारेर चारैतिरबाट तछाड-मछाड गरेर गफ चुटिरहेका देखिन्थे । सुदूरविकट भौगोलिक मध्य प्रदेशमा अवस्थित त्यस जिल्लाको सदरमुकाममा केही विद्यार्थी र तल्लो तहका जागीरदारबाहेक महिलावर्गको त्यति उल्लेख्य गतिविधि थिएन ।

कुनै हाकिमले परिवार लगेको थिएन । कुनै कार्यालयमा एकाध घण्टा र कतिमा त कामै नहुने त्यस दुर्गम जिल्लाको सदरमुकाममा भएभरका अड्डा-अदालतहरू आसपास फैलिएर त्यही सिरानबजार भनिने क्षेत्रमा केन्द्रित थिए ।

अड्डाहरू भएको ठाउँमुनि तल माथि आउने जाने गौँडोकै मुखमा सानो चहुर अनि दुइ विशाल वरपिपल दम्पतिहरू उभिएका थिए । सहस्र हाँगाबिङ्गाहरूमात्र फैलिएको त्यस विशालकाय वरपीपल जोडीको फेदमा अत्यन्त सफा, सुन्दर र फराकिलो चौतारो थियो ।

बिहानैदेखि त्यही चौतारामा निस्किएर त्यस जिल्लाका हाकिम, अधिकृतहरू चार-पाँच कप चिया सुर्क्याउने, सरकारको आलोचना गर्ने अनि आ-आफ्ना स्वास्नी र छोराछोरीको प्रशंसा गर्ने र बिहान बितिसकेपछि नैना भाउजूसँग एकछिन गफ छाँटेर मुखको चिलाई मेट्ने गर्दथे ।

Leave a Comment

error: We Gotcha You !!!